प्रतिष्ठानकाे भवन निर्माणका लागि एक लाख पाँच हजार छ सय रूपैयाँ प्रदान – Kanika Khabar
Wednesday, November 29Nepali News Portal

प्रतिष्ठानकाे भवन निर्माणका लागि एक लाख पाँच हजार छ सय रूपैयाँ प्रदान

    मा प्रकाशित

सुदन थापा
दाङ, १२ कार्तिक ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला साखा दाङले राप्ती समाज यु के का अध्यक्ष दिनेश खड्काले दाङ शाखाकाे भवन निर्माणका लागि एक लाख पाँच हजार छ सय रूपैयाँ प्रदान गरेकाे छ ।

खड्काकाे प्रमुख आतिथ्यतामा दाङको घोराही मझेरी दोहोरी साँझमा आयाेजित एक कार्यक्रम उनले साे रकम प्रदान गरेका हुन् ।

प्रतिष्ठानका दाङ जिल्ला अध्यक्ष राजेन्द्र दाहालको अध्यक्षतामा सुरु भएको कार्यक्रम प्रतिष्ठानकी उपाध्यक्ष विमला खड्काको स्वागत मन्तब्यवाट सुरु भएको थियाे ।
कार्यक्रममा अतिथिहरु प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रेम प्रकाश मल्ल, पूर्व अध्यक्ष गजेन्द्र बहाकरी,संगीतकार राजेन्द्र श्रेष्ठ,संस्थाका सल्लाहाकार खड्क वुढाथोकीले लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा दाङको भवन निर्माण मा सबै क्षेत्रमा रहेका व्यक्ति संघ संस्थाले सहयोग गरिदिन आग्रह समेत गरेका थिए ।

प्रमुख अतिथि राप्ती यु के समाजका अध्यक्ष दिनेश खड्काले राप्ती अञ्चल कै कलाकारलाई प्रतिष्ठानको माध्यमबाट यु के का विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी गराउने प्रतिवद्धता गरेका छन् ।

कार्यक्रममा लोक दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य प्रेम शर्मा,गायक विजय परियार,गायक हुमा बहादुर डिसी लगायत प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव शिवराज खनालले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्