आईसीसी टी–२० विश्वकप छनोट २०२४ : नेपालद्वारा सिङ्गापुर पराजित – Kanika Khabar
Monday, February 16Nepali News Portal

आईसीसी टी–२० विश्वकप छनोट २०२४ : नेपालद्वारा सिङ्गापुर पराजित

    मा प्रकाशित

काठमाडौँ, १३ कार्तिक ।
आईसीसी टी–२० विश्वकप छनोट २०२४ मा नेपालले सिङ्गापुरलाई पराजित गरेको छ । सिङ्गापुरलाई नेपालले ८ विकेटले पराजित गरेको हो ।

सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६।३ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे। उनले ७४ रनको योगदान गर्ने क्रममा ४८ बलमा ८ चौका र २ छक्का प्रहार गरे। २६ बलमा अर्धशतक पूरा गरेका कुशलको यो सातौं टी २० अन्तर्तर्राष्ट्रिय अर्धशतक हो।
नेपालका अर्का ओपनर आसिफ शेखले २७ रन बनाए। उनले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे।

कप्तान रोहित पौडेलले २४ बलमा नटआउट ३५ रन जोड्दा एक बल सामना गरेका कुशल मल्लले छक्का प्रहार गरे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्