छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ ‘बोई’ र २०७९ ‘मफलर’ लाई – Kanika Khabar
Saturday, May 4Nepali News Portal

छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ ‘बोई’ र २०७९ ‘मफलर’ लाई

    मा प्रकाशित

दाङ, १३ कार्तिक ।
साहित्यकार जे सागरले आफ्ना मातापिताको नामबाट स्थापना गरेको छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ को विजेता कृतिहरुको नाम सार्वजनिक भएको छ । छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ का लागि वसन्त ओली वसन्तीको गजल सङ्ग्रह ‘बोई’ र २०७९ का लागि प्रदीप रोदनको गजल सङ्ग्रह ‘मफलर’ ले प्राप्त गर्ने भएका हुन् । ‘बोई’ गजल सङ्ग्रहका स्रष्टा वली दाङका हुन् भने ‘मफलर’ गजल सङ्ग्रहका स्रष्टा रोदन गोर्खाका हुन् । गजल क्षेत्रमा दुवै स्रष्टा पछिल्लो चरणका उम्दा स्रष्टाका रुपमा देखा परेका छन् । २०७८ सालमा प्रकाशित ‘बोई’ गजलकार वलीको पहिलो गजल सङ्ग्रह हो । २०७९ मा प्रकाशित ‘मफलर’ गजलकार रोदनको पनि पहिलो गजल सङ्ग्रेह हो ।

दस हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिने यो पुरस्कार आउँदो कात्तिक २५ गते शनिबार काठमाडौँमा एक समारोहबिच प्रदान गरिनेछ ।

साहित्यकार जे सागरले २०७४ सालमा आफ्नो गजल कृति ‘यत्ति भए पुग्छ’ विमोचन समारोहमा आफ्ना मातापिताको नाममा स्थापना गरेको पुरस्कार २०७४ सालदेखि नियमित प्रदान गरिँदै आएको थियो । विशेष कारणवश २०७८ सालमा प्रदान हुन नसकेको कारण यो वर्ष २०७८ र २०७९ को लागि एकैपटक प्रदान गर्न लागिएको हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्