कनिका खबर
दाङ, असार २५ ।
प्रेस संगठन नेपालले नेपालको राष्ट्रियतामाथि खिल्ली उडाउँदै भारतीय मिडियाले सामग्री प्रकाशन गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । संगठनका प्रदेश संयोजक सविन प्रियासन र केन्द्रीय सदस्य टीका बस्नेतले बिहीबार प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनीया राजदूत हाउ यान्छीलाई जोडेर भारतीय मिडियाले भ्रामक सामग्री प्रकाशन गरेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
केही दिन यता भारतीय मिडियामा नेपालको राष्ट्रिय स्वाधिनतामाथि आँच पु¥याउने खालका सामग्री प्रकाशन गरेको भन्दै विज्ञप्तिमा त्यस्ता सामग्री प्रकाशनमा रोक लगाउन नेपाल सरकार समक्ष माग गरिएको छ ।
‘नेपाल सरकारले लिपुलेक, कालापानी, लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेर नेपालको शिर उचो बनाएको छ । नेपाली भूमि नेपालकै हुनुपर्छ भनेर पैरवी गर्नु नेपाल सरकारको दायित्व हो । राजनीतिक बृत्तबाट कुरा गर्दा मतका हिसाबले वर्तमान सरकार इतिहासकै सबैभन्दा बलियो सरकार हो । अहिले पनि राष्ट्रियता, विकास र समृद्धिका प्रभावकारी कार्ययोजनाहरु अगाडि बढेनन् भने भोलिका दिनमा यस सम्बन्धि कार्यहरु सही ढंगबाट हुन सक्दैनन्’, विज्ञप्तिमा भनिएको छ, ‘केपी शर्मा ओली नेतृत्वको सरकारले सर्वाधिक लोकिप्रिय कदमकारुपमा नयाँ नक्सा सार्वजनिक गरेर गरेको छ । सरकारको कदमलाई संसदले समेत सर्वसम्मत अनुमोदन गरेको अवस्था छ । यो कार्यपछि भारतीय मिडियाहरुले अनर्गल प्रचार गरेका छन् । जसले चौतर्फि भ्रम फैलाउने काम भएको छ । यस्ता मिडियालाई नेपालमा प्रकाशनमा रोक लगाउनुपर्दछ ।’
भारतीय मिडियाको भ्रामक, गैरजिम्मेवार अनि अनर्गल कुप्रचारको कडा शब्दमा बिरोध र भ्रत्र्सना गर्दै प्रियासन र बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालको राष्ट्रियतामाथि खेलवाड उठाइरहँदा सामाजिक सञ्चालनमा त्यस्ता सामग्रीलाई प्रशय दिने काम भइरहेकाले यो कार्य तत्काल रोक्न माग गरिएको छ । ‘प्रधानमन्त्री र सिंगो देशलाई नै कठपुतलीकारुपमा नानाभाँती भनिरहेको भारतीय टिभि च्यानलहरु नेपालमा प्रसार हुन दिनु हुँदैन । अन्यथा भारतीय विषवमनलाई नजर अन्दाज गर्ने हो भने यसले नेपालको राष्ट्रियता अझै कमजोर हुनेछ’, विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रतामाथि भारतीय मिडियाहरुले खिल्ली उडाइरहँदा ती सामग्रीहरुलाई प्रशय दिने गरी कतिपय नेपाली मिडियाहरु पनि अगाडि बढेको देखिन्छ । यस्तो अवस्थामा प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ मुकदर्शक भएर बस्नु झन् दुःखद् पक्ष हो ।’
मा प्रकाशित