बाढी वितण्डा, मानवीय र भौतिक क्षति कहाँ कति ? – Kanika Khabar
Saturday, April 20Nepali News Portal

बाढी वितण्डा, मानवीय र भौतिक क्षति कहाँ कति ?

    मा प्रकाशित

कनिका संवाददाता
असार २६, काठमाडौं
बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा भोटेकोशीले मच्चाएको वितण्डाका कारण ठूलो जनधनको क्षति भएको छ । भोटेकोशीमा पानीको अत्यधिक वहाब हुँदा नदी आसपासका बासिन्दा त्रसित छन् । पछिल्लो विवरण अनुसार याल्मो खोला र बुल्कोट खोलामा माथिबाट आएको पहिरोसहितको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा जम्बुका २३ वर्षीय निकेश लामा र उनका तीन वर्षीय छोरी रहेका छन् । बेपता हुनेहरुमा भोटेकोशी गाउँपालिका–४, बुल्कोटका ६२ वर्षीय निमादोर्जे तामाङ, ११ वर्षका पासाङनोर्वु तामाङ, २७ वर्षकी मञ्जु तामाङ र सात वर्षकी शाहिल तामाङ रहेका छन् । त्यस्तै बाह्रबिसे नगरपालिका–५, जम्बुको बाढिमा बेपत्ता भएकाहरुमा भिमबहादुर वाइबा – ७२ वर्ष, चिनीमाया वाइबा –७० वर्ष, लिलामाया वाइबा– २९ वर्ष, पासाङडोल्मा वाइबा – ८ वर्ष, निमाडोल्मा वाइबा– २ वर्ष, लक्ष्मण वाइबा – २५ वर्ष, सुनमाला वाइबा – १३ वर्ष, जनकबहादुर थिङ – ५५ वर्ष, सविना तामाङ – २८ वर्ष, आकाश तामाङ – ४ वर्ष, हिमेश शर्मा – ३५ वर्ष (मध्यभोटेकोशी आयोजनाका कर्मचारी),आकाश केसी (दाङ) – २४ वर्ष– (जाइका परियोजनाका इन्जिनियर), तोकबहादुर तामाङ– ५७ वर्ष, सलिना तामाङ – २२ वर्ष, सुवेश तामाङ – २५ वर्ष, युक्तबहादुर तामाङ–५५ वर्ष, माइली तामाङ, नाम र उमेर नखुलेका चिनिया नागरिक एक जना छन् । दुवै घटनामा पाँचजना घाइते भएका छन् । भोटेकोशी गाउँपालिका ५ का फूर्वा तामाङ र उनकी १० दिनकी छोरी घाइते भएका छन् । उनीहरु दुवैलाई भोटेकोशी गाउँपालिकाले उद्धार गरी उपचारका लागि काठमाडौं ल्याएको छ । बाह्रबिसे ५ का माधवकृष्ण बस्नेत, सुवेश तामाङ, सविता बस्नेत तामाङ (मृतकका श्रीमती) र मिङ्मा तामाङ घाइते भएका छन् । गम्भीर घाइते भएका सुवेश र सवितालाई उपचारको लागि हेलिकप्टरबाट राजधानीको ह्याम्स अस्पताल लगिएको छ । अरु दुईको अवस्था सामान्य रहेको छ । बाढी र पहिरोमा परी तीन गाउँका कच्ची र पक्की गरी ३३ घर बगाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्