नगरको विकासमा सहकारीको भुमिका महत्त्वपूर्ण : उपप्रमुख योगी – Kanika Khabar
Monday, February 16Nepali News Portal

नगरको विकासमा सहकारीको भुमिका महत्त्वपूर्ण : उपप्रमुख योगी

    मा प्रकाशित

दाङ – लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले समग्र नगरपालिकाको विकासका लागि सहकारीहरुको भुमिका महत्त्वपूर्ण हुने बताउनु भयो ।

लमही नगरपालिका -७ मा रहेको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभामा बोल्दै नगर उपप्रमुख योगीले भन्नू भयो “किसानका पक्षमा यो सहकारीले अत्यन्तै राम्रो गरेको छ, यो सहकारीमा जोडिएका महिला दिदिबहिनीहरुको आर्थिक पाटो बलियो र सहकारीले अन्य विषयमा पनि महत्त्वपूर्ण योगदान पुर्याएको छ । त्यस्तै आफ्नो सेवा क्षेत्रमा रहेका सबै किसानहरुको आर्थिक पाटो बलियो बनाउन अझै तल्लिन भएर लाग्नु पर्छ”- उपप्रमुख योगीले भन्नू भयो ।

दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष पुनम घर्ती मगरको अध्यक्षता तथा पुर्व शहरी विकास मन्त्री मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण सचिव लक्ष्मी चौधरीले गर्नु भएको थियो । यो सहकारीमा ९ सय ११ जना शेयर सदस्य रहेका छन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्