मा प्रकाशित
कनिका संवाददाता
असार २६, बैतडी
बैैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ९ तल्लादेहिको पुजरीगाउँका ४२ वर्षिय करबिर पुजारा घाइते हुनुभएको हो ।
वडा कार्यालयमा मालपोत र घर कर बुझाएर घर फर्किरहेका पुजारलाई तल्लादेहिकै चमडिया भन्ने ठाउँमा बिहीवार साँझ ५ बजे चितुवाले आक्रमण गरेर घाइते पारेको स्थानीय हरिश सावदले जानकारी दिनुभएको छ । चितुवाले आमक्रण गरि पुजाराको दायाँ खुट्टाको घुँडामा घाउ बनाएको र बायाँ हातको औँला चपाएको उहाँले बताउनुभयो ।