तुलसीपुर,२५ कात्तिक ।
अप्टिमिस्ट क्लब अफ तुलसीपुरले सामाजिक समस्या न्यूनीकरणका लागि विद्यालयमा सचेतना प्रदान गरेको छ । शुक्रबार तुलसीपुरका तीन वटा विद्यालयमा उक्त कार्यक्रम गरेको हो । क्लबका अध्यक्ष कमल सापकोटाको अध्यक्षतामा तुलसीपुरको ग्यालेक्सी इङ्लिस बोर्डिङ स्कुल, न्यु शान्ति इङ्लिस बोर्डिङ स्कुल र नमुना इङ्लिस स्कुलमा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरुलाई सचेतना प्रदान गरिएको हो ।
मानव समाजमा प्रचलनमा रहेका बिकृत ब्यबहारले मानव समाजमा नकारात्मक असर पर्ने भन्दै त्यसलाई न्यूनिकरण गर्न सचेतना प्रदान गरिएको अध्यक्ष सापकोटाले बताए । उनका अनुसार बृकत ब्यबहारले समाजको बृहत्तर बिकासमा अबरोध पुग्ने र अन्ततः मानव सभ्यतामाथि नै प्रश्नचिन्ह खडा गर्ने भन्दै यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको उनको भनाई थियो ।
उपाध्यक्ष नोबेल डीसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोख्रेलले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष मानबहादुर बस्नेत, सल्लाहकार झरेन्द्र खरेललगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण क्लबका जनसम्पर्क अधिकृत मेघराज पोख्रेलले गरेका थिए ।


