काठमाडौं, २७ कार्तिक ।
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महामन्त्री थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको बताएका हुन् ।
महामन्त्री थापाले लेखेका छन्, `सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।´
मन्त्रिपरिषद्काे आज बसेकाे बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेकाे हाे ।


