मा प्रकाशित
झापा, ३० कार्तिक ।
झापामा भैसीसित मोटरसाइकल ठोक्किदा एक युवकको मृत्यु भएको छ । जिल्लाको कमल गाउँपालिका वडा नम्बर ३ सहिदगेट नजिक को २१ प ७७ नम्बरको मोटरसाइकल हिजो बुधबार भैंसीसँग ठोक्किदा मोटरसाइकल चालक मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको हो ।
तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित हुँदा भैंसीसँग ठोक्किन पुगेको थियो।
सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी वडा नम्बर ४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएक छन् ।


