एमालेले डाक्यो विशेष बैठक – Kanika Khabar
Wednesday, January 22Nepali News Portal

एमालेले डाक्यो विशेष बैठक

    मा प्रकाशित

दाङ, १ मंसिर ।
नेकपा एमालेले विशेष बैठक डाकेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि शनिबार दिउँसो १ बजेका लागि विशेष बैठक डाकेका हुन् ।

बैठकमा पार्टीका पदाधिकारी, उपलब्ध केन्द्रीय सदस्यहरू, जनसंगठनका पदाधिकारी, उपत्यकाका पार्टी कमिटीका प्रमुखहरू लगायतलाई बोलाइएको बताइएको छ ।

समसामयिक राजनीति तथा राष्ट्रिय युवा संघ नेपालले मङ्सिर ७ गते काठमाडौँमा गर्न लागेको प्रदर्शनको तयारीका सन्दर्भमा छलफल गर्न विशेष बैठक बोलाएको एमाले स्रोतले जनाएको छ। बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्ने जनाइएको छ ।

एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले यही मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौँमा जनप्रदर्शन गर्दैछ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्