पहिरोबाट म्याग्दीमा ३ जनाको मृत्य – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

पहिरोबाट म्याग्दीमा ३ जनाको मृत्य

    मा प्रकाशित

कनिका खबर
असार २६, दाङ ।
अविरल वर्षापछि बाढी र पहिरोका कारण म्याग्दीमा ३ जनाको मृत्यु भएको छ, ३१ जना बेपत्ता भएका छन् ।

धौलागिरि गाउँपालिका ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको म्याग्दीका प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले जानकारी दिए ।
रघुगंगा गाउँपालिका ६ मा गोठ जान हिँडेका ३४ वर्षका ललितमान छन्त्याल लापुखोला तर्ने क्रममा चिप्लिएर बेपत्ता भएका थिए ।

धौलागिरि गाउँपालिका –६ का २३ जना र मालिका गाउँपालिका–७ बिमका ८ जना वेपत्ता भएका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्