मा प्रकाशित
कनिका संवाददाता
असार २६, जाजरकोट
जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्की गाउँमा गत राति गएको पहिरोमा बेपत्ता भएका १२ जनामध्ये चार जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी जवान टेकराज बिसीका अनुसार बारेकोट– ४ का ५२ बर्षका गोपाल सार्की , ११ वर्षका अजुर्न सार्की र कोसे गाउँपालिका–९ का २० वर्षका डिल्ली सार्की र १८ वर्षका विरेन्द्र सार्कीको शव फेला परेको हो । उनीहरु दुवैजना गाउँमा पाहुना बस्न आएका थिए ।
हराइरहेका अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।