मा प्रकाशित
दाङ, ७ मङ्सिर ।
दाङको तुलसीपुरस्थित एक घरमा आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ नामिनगर निवासी ३५ वर्षीय बिनय गुप्ताको घरमा आगलागी भएको हो ।
बिहीबार बेलुका करिब सवा ७ बजेतिर आगलागी भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक ठाकुर प्रसाद पोखरेलले बताए ।
आगलागी भएको थाहा भए लगतै खटिएको २० जनाको प्रहरी टोली र स्थानीयको सहयोगमो नियन्त्रणमा लिइएको हो । घरमा कोही नभएकाले मानवीय क्षति नभए पनि २ थान प्लाष्टिकको कुर्सी, १ थान सिरक डसना जलेको प्रहरीले बताएको छ ।


