थप दुई जना सहित नेपालमा काेराेना सङ्क्रमितको सङ्ख्या ५४ पुग्याे – Kanika Khabar
Sunday, April 20Nepali News Portal

थप दुई जना सहित नेपालमा काेराेना सङ्क्रमितको सङ्ख्या ५४ पुग्याे

    मा प्रकाशित

कनिका डेस्क
बैशाख १६, दाङ ।
आज रौतहटको थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए । दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटिभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।
अहिलेसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ भने १६ जनालाई निको भइसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्