दाङ-रुपन्देही सम्पर्क समाज गठन, अध्यक्षमा महरा – Kanika Khabar
Monday, February 16Nepali News Portal

दाङ-रुपन्देही सम्पर्क समाज गठन, अध्यक्षमा महरा

    मा प्रकाशित

बुटवल, १० मंसिर ।
दाङ-रुपन्देही सम्पर्क समाजको शनिबार बसेको भेलाबाट रेशम बहादुर महराको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा लोकमणी भट्टराई, सचिव रामा सुवेदी डागी, सहसचिव बिनोद अर्याल, कोषाध्यक्ष प्रविण कुमार वली र सदस्यहरुमा जगनारायण चौधरी, बिनय कुमार राना, सकुन्तला भण्डारी, मोहन यादव, एकराज रिजाल र भुमिका थापा रहेका छन ।

दाङबाट बसाइँसराई गरेर रुपन्देही बस्नेहरु बिच संगठित, भातृत्व विकास गर्ने र सामाजिक कार्यमा अग्रसर गराउने उद्देश्यका साथ समाज गठन गरिएको युवा ब्यवसायी तथा समाजसेवी यामु थापाले बताए । समाजलाई आवश्यक कानुनी प्रक्रियामा दर्ता गर्ने गरि नया टिम तयार भएको उनले बताए ।

कार्यक्रममा नेपाल टेलिकम मंगलापुर शाखाका कार्यालय प्रमुख शंकर बिकले छरिएर रहेका रुपन्देहीमा विभिन्न पेसा अपनाउनेहरुलाई समाजमा आवद्ध गराएर संस्कार, संस्कृति जर्गेना गर्ने योजना अघि बढाएको बताए ।

कार्यक्रममा समाजसेवी झग बहादुर डाँगीले युवाहरुको अगुवाईमा निक्कै राम्रो अभियानको थालनी भएको बताए । रुपन्देहीमा हाल २ सय बढी घरधुरीहरु दाङबाट बसाईसरेका रहेको समाजबाट गरिएको अध्ययनमा देखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्