राप्ती इन्जिनियरिङ कलेजमा बिई कम्प्युटर र बिई सिभिल कार्यक्रम थपिए – Kanika Khabar
Monday, May 20Nepali News Portal

राप्ती इन्जिनियरिङ कलेजमा बिई कम्प्युटर र बिई सिभिल कार्यक्रम थपिए

    मा प्रकाशित

दाङ, ११ मङ्सिर ।

दाङस्थित राप्ती इन्जिनियरिङ कलेज घोराही दाङलाई पोखरा विश्वविद्यालयबाट बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा समुह थपको सम्बन्धन प्राप्त भएको छ ।

विश्वविद्यालयको कार्यकारी परिषद्को गत असाेज २४ गतेकाे निर्णय अनुसार राप्ती इन्जिनियरिङ कलेजलाई बिई कम्प्युटर कार्यक्रमको एक समुह (४८ जना विद्यार्थी) र बिई सिभिल कार्यक्रमको एक समुह (४८ जना विद्यार्थी) थप भर्ना लिने गरी सम्बन्धन दिईएको कलेजका प्रबन्ध निर्देशक डा.भीमसेन गिरीले जानकारी दिए ।

कलेजले २०६६ सालदेखि नै पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरी बिसिए र बिई सिभिल कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्