राप्ती इन्जिनियरिङ कलेजमा बिई कम्प्युटर र बिई सिभिल कार्यक्रम थपिए – Kanika Khabar
Monday, February 16Nepali News Portal

राप्ती इन्जिनियरिङ कलेजमा बिई कम्प्युटर र बिई सिभिल कार्यक्रम थपिए

    मा प्रकाशित

दाङ, ११ मङ्सिर ।

दाङस्थित राप्ती इन्जिनियरिङ कलेज घोराही दाङलाई पोखरा विश्वविद्यालयबाट बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा समुह थपको सम्बन्धन प्राप्त भएको छ ।

विश्वविद्यालयको कार्यकारी परिषद्को गत असाेज २४ गतेकाे निर्णय अनुसार राप्ती इन्जिनियरिङ कलेजलाई बिई कम्प्युटर कार्यक्रमको एक समुह (४८ जना विद्यार्थी) र बिई सिभिल कार्यक्रमको एक समुह (४८ जना विद्यार्थी) थप भर्ना लिने गरी सम्बन्धन दिईएको कलेजका प्रबन्ध निर्देशक डा.भीमसेन गिरीले जानकारी दिए ।

कलेजले २०६६ सालदेखि नै पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरी बिसिए र बिई सिभिल कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्