बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा वृद्धि – Kanika Khabar
Saturday, April 20Nepali News Portal

बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा वृद्धि

    मा प्रकाशित

कनिका संवाददाता
असार २६, काठमाडौं
कोरोना सङक्रमण रोकथामका लागि लागू गरिएको बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा तुलनात्मक रुपमा वृद्धि भएको एक अध्ययनले देखाएको छ । बन्दाबन्दीको पछिल्लो तीन महिनामा मात्रै आठ सय ४३ महिला हिंसाका घटना भएको महिला पुनःस्थापना केन्द्र ओरेकले गरेको अध्ययनले देखाएको हो ।

अभिलेखकिरण भएका हिंसाका घटनामध्ये सबैभन्दा बढी ५८ प्रतिशत अर्थात चार सय ९० वटा घटना घरभित्रकै सदस्यको संलग्नतामा भएको पाइएको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिनुभयो । ओरेकले सञ्चालन गरेको तीन हटलाइन, मनोविमर्शकर्ता, महिला मानवाधिकार रक्षक, साझेदार महिला सामुदायिक सङ संस्थामार्फत ६१ जिल्लाबाट यी घटना अभिलेखीकरण गरिएको र यीमध्ये एक सय १२ वटा घटना सञ्चारमाध्यमबाट संकलन गरिएको ओरेकले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्