बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा वृद्धि – Kanika Khabar
Monday, December 8Nepali News Portal

बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा वृद्धि

    मा प्रकाशित

कनिका संवाददाता
असार २६, काठमाडौं
कोरोना सङक्रमण रोकथामका लागि लागू गरिएको बन्दाबन्दीमा महिला तथा बालिकामाथि हुने हिंसाका घटनामा तुलनात्मक रुपमा वृद्धि भएको एक अध्ययनले देखाएको छ । बन्दाबन्दीको पछिल्लो तीन महिनामा मात्रै आठ सय ४३ महिला हिंसाका घटना भएको महिला पुनःस्थापना केन्द्र ओरेकले गरेको अध्ययनले देखाएको हो ।

अभिलेखकिरण भएका हिंसाका घटनामध्ये सबैभन्दा बढी ५८ प्रतिशत अर्थात चार सय ९० वटा घटना घरभित्रकै सदस्यको संलग्नतामा भएको पाइएको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिनुभयो । ओरेकले सञ्चालन गरेको तीन हटलाइन, मनोविमर्शकर्ता, महिला मानवाधिकार रक्षक, साझेदार महिला सामुदायिक सङ संस्थामार्फत ६१ जिल्लाबाट यी घटना अभिलेखीकरण गरिएको र यीमध्ये एक सय १२ वटा घटना सञ्चारमाध्यमबाट संकलन गरिएको ओरेकले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्