तनहुँमा बस दुर्घटना अपडेट : दुईजना घाइतेकाे मृत्यु – Kanika Khabar
Monday, February 16Nepali News Portal

तनहुँमा बस दुर्घटना अपडेट : दुईजना घाइतेकाे मृत्यु

    मा प्रकाशित

तनहुँ, १३ मङ्सिर ।

तनहुँमा भएकाे बस दुर्घटना परी घाइते भएका ३६ जनामध्ये दुई जनाकाे मृत्यु भएकाे छ । । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा घाइते भएका मध्ये दुईजनाको उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा धनकुटाको सागुरीगढी गाउँपालिका-९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलको अन्दाजी ५०/५५ वर्षका टोप बहादुर मगर रहेका छन् ।

धरानबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई दुर्घटना भएकाे थियाे ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्