वन विज्ञानको प्रवेश परीक्षामा मेट्रो कलेजका गिरी नेपाल टप – Kanika Khabar
Monday, February 16Nepali News Portal

वन विज्ञानको प्रवेश परीक्षामा मेट्रो कलेजका गिरी नेपाल टप

    मा प्रकाशित

तुलसीपुर । स्नातक तह वन विज्ञानको प्रवेश परीक्षा तुलसीपुर मेट्रो कलेजका विद्यार्थी प्रेम गिरीले टप गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानले हालै प्रकाशन गरेको नतिजामा उनले ८५ अंक ल्याएर पहिलो स्थान हासिल गरेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।

कलेजमा विज्ञान विषय अध्ययन गरेका गिरीको सफलताले आफुहरु उत्साहित भएको पनि कलेज प्रमुख आचार्यले बताए । हजारौ विद्यार्थी सहभागी भएको परीक्षामा ३१७ जना उत्तीर्ण भएकोमा गिरी प्रथम भएका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्