दाङमा अभिनय प्रशिक्षण सुरु – Kanika Khabar
Friday, May 3Nepali News Portal

दाङमा अभिनय प्रशिक्षण सुरु

    मा प्रकाशित

दाङ, १३ मङ्सिर ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा शैली थिएटरले आयोजना गरेको साताव्यापी अभिनय प्रशिक्षण कार्यक्रम आज बुधबारदेखि घोराहीस्थित गोदावरी इङ्लिस मिडियम स्कुलमा सुरू भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका सदस्य सचिव प्रगति महराले प्रशिक्षार्थीहरुको सहभागिताले आफूलाई अत्यन्त उत्साहित बनाएको बताउँदै यस्तो महत्वपूर्ण कार्यक्रममा सहकार्य गर्न पाएकोमा आयोजक शैली थिएटरलाई धन्यवाद दिएकी थिइन् । उनले भनिन्, ‘सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान अब जनस्तर सम्म पुग्न चाहन्छ र यो कार्यक्रमले हाम्रो त्यही उद्देश्य पूरा गर्ने प्रतिष्ठानको अपेक्षा छ ।’

कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख विनोद गौतमले नाट्य कला सिकाउने यो अभ्यासले आफू उत्साहित भएको बताउँदै तालिमले दाङमा एउटा सशक्त नाट्य समूह तयार हुने विश्वास व्यक्त गरे ।

गोदावरी इङ्लिस मिडियम स्कुलका प्रबन्ध निर्देशक विष्णु प्रसाद दाहालले विरलै हुने यस्तो प्रशिक्षण कार्यक्रमको अंग बन्न पाएकोमा गर्वको अनुभूति भएको बताए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रशिक्षक सविन न्यौपानेले एक हप्ताको अवधि छोटो भए पनि अभिनय कलाको आधार स्तम्भ तयार पार्न सकिने विश्वास व्यक्त गरे ।

कवि प्रमोद धितालले नाटक विचार प्रस्तुत गर्ने सशक्त माध्यम भएकोले हरेक विषयलाई जनस्तरमा पुर्याउन अभिनयले प्रभावकारी भूमिका खेल्ने बताए ।

कार्यक्रमका सभाध्यक्ष एवम् शैली थिएटरका अध्यक्ष नवराज वुढाथोकीले दाङको नाटक क्षेत्रको विकासमा योगदान पुर्याउन सक्ने जनशक्ति तयार गर्ने उद्देश्य तालिमले राखेको बताए ।

गोदावरी स्कूलका व्यवस्थापन समिति अध्यक्ष शेषमनी शर्माले यस्ता कार्यक्रमले विद्यार्थीहरुको चौतर्फी विकासमा महत्वपूर्ण योगदान दिने बताए ।

तालिममा विभिन्न उमेर समूहका २७ जना प्रशिक्षार्थी सहभागी रहेको कार्यक्रमका संयोजक हरिप्रसाद पौडेलले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्