अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ लाख ३५ हजार भन्दा धेरै – Kanika Khabar
Friday, March 29Nepali News Portal

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ लाख ३५ हजार भन्दा धेरै

    मा प्रकाशित

कनिका डेस्क
असार २६, दाङ
अमेरिकामा कोरोना भाइरस कोभिड १९ का कारण मृत्यु हुनेहरुको सङ्ख्या १ लाख ३५ हजार ८ सय २८ पुगेको छ । अमेरिकामा मात्रै कोरोना भाइरस कोभिड १९ बाट ३२ लाख २० हजार ५ सय मानिस सङ्क्रमित भएका छन् । यस्तै ब्राजिलमा कोरोना भाइरसका कारण ६९ हजार २ सय ५४ जनाको मृत्यु भएको छ । यस्तै गरि छिमेकी देश भारतमा कोरोना भाइरसका कारण झण्डै ८ लाख मानिस सङ्क्रमित भएका छन् ।

भारतमा हाल सम्म ७ लाख ९५ हजार ६ सय ५ जना मानिस कोरोनाका कारण सङ्क्रमित भएका छन् । भारतमा हाल सम्म २१ हजार ६ सय ३२ जनाको भने कोरोनाको कारण मृत्यु भैसकेको छ । यसैबीच, विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण १ करोड २३ लाख ९७ हजार भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । विश्वभर नै कोरोनाका कारण ५ लाख ५७ हजार ५ सय ६९ जनाको भने मृत्यु भएको छ । हाल सम्म कोरोना सङ्क्रमित भएका ७२ लाख २७ हजार मानिस भने उपचार पछि स्वस्थ भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्