दाङ, १३ मङ्सिर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कार्यसमिति विस्तार गरेको छ । महोत्तरीमा जारी बैठकबाट कार्यसमित बिस्तार गर्दै रास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ।
त्यस्तै रास्वपाले सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य चयन गरेको छ । संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य बनाएको छ।
पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ संगठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए।
यस्तै रास्वपाले तीन जना सह प्रवक्ता थपेको छ। मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईं सह प्रवक्ता बनेका छन्।
यसैगरी, पाँच जना केन्द्रीय सदस्य थपिएका छन्। अनिल केशरी शाह, राजन गौतम, डा. नन्दन यादव , पुकार बम र कामिनी चौधरी केन्द्रीय सदस्य बनेका छन्।


