मेरील्यान्डमा भर्चुअल साक्षात्कार तथा अभिमुखीकरण – Kanika Khabar
Monday, May 20Nepali News Portal

मेरील्यान्डमा भर्चुअल साक्षात्कार तथा अभिमुखीकरण

    मा प्रकाशित

दाङ, १५ मङ्सिर ।

दाङकाे घाेराहीस्थित मेरील्यान्ड पब्लिक एकेडेमीका विद्यार्थी र शिक्षकसँग बङ्गलादेशकाे थ्री जिरो ग्लोबल सेन्टरले भर्चुअल साक्षात्कार गरेकाे छ ।

बङ्गलादेशस्थित थ्री जिरो ग्लोबल सेन्टरका फाेकल पर्सन अङ्किता साेहेलले बिहीबार मेरील्यान्डका शिक्षक र विद्यार्थीसँग भर्चुअल साक्षात्कार गरेकी हुन् ।

ग्रामीण महिला उत्थान केन्द्र दाङले प्रबर्द्धन गरेको सुनिता ट्रस्ट फाउन्डेसनको आयोजनामा मेरील्यान्डमा क्लबले भर्चुअल साक्षात्कार तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे हाे ।

ऐकेडमीका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा ग्रामिण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीले यस्ता कार्यक्रमले विद्यार्थीमा सिकाइ अभिवृद्धि गर्नुका साथै अन्तरदेशीय सम्बन्धकाे विकास गर्ने बताएकी थिइन् ।

शिक्षिका ममता बि.क. को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा थ्री जिरो क्लब बारे प्रशिक्षण ग्रामीण महिला उत्थान केन्द्रका थ्री जिरो क्ल्ब फोकल पर्सन शिबा चौधरीले गरेकी थिइन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्