लाेेक नृत्य प्रतियोगिता सम्पन्न – Kanika Khabar
Friday, May 3Nepali News Portal

लाेेक नृत्य प्रतियोगिता सम्पन्न

    मा प्रकाशित


दाङ, १६ मङ्सिर ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङ शाखाकाे आयाेजनामा आज शनिबार लाेक नृत्य प्रतियोगिता सम्पन्न भएकाे छ ।

केन्द्रीय प्याब्सनकाे आयाेजना हरेक वर्ष हुँदै आएकाे राष्ट्रिय लाेक नृत्य प्रतियोगिताका लागि जिल्ला स्तरीय लाेक नृत्य छनाैट चरणकाे कार्यक्रम घाेराहीस्थित मेचीकाली आवासीय माध्यमिक विद्यालयमा सम्पन्न भएकाे हाे ।

प्रतियोगितामा गाेरखा माेडेल लमही प्रथम, लिटल एञ्जल राप्ती भालुवाङ द्वितीय र गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराहीले तृतीय स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम र द्वितीय भएका विद्यालयका विद्यार्थी भाेलि आइतबार बुटवलमा हुने लुम्बिनी प्रदेश स्तरीय छनाैट प्रतियोगितामा सहभागी हुनेछन् । प्रदेशकाे छनाैट चरणबाट प्रथम समूह समूह केन्द्रीय प्याब्सनले आयाेजना गर्ने प्रतियोगितामा सहभागी हुनेछन् ।

जिल्लामा उत्कृष्ट भएका तथा सहभागी विद्यार्थी र विद्यालयलाई आगामी पाैष २४ गते प्याब्सनकाे स्थापना दिवसका अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीकाे अध्यक्षता तथा प्याब्सन केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रममा प्याब्सन घाेराहीका अध्यक्ष बीरेन्द्र चन्द, मेचीकाली आवासीय माविका अध्यक्ष धर्मबहादुर केसी लगायतले मन्तव्य राखेका थिए । प्याब्सन दाङका उपाध्यक्ष चक्रबहादुर रावतकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्