बुद्धज्योति माध्यमिक विद्यालय गढवाको २९औ वार्षिकोत्सव सम्पन्न – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

बुद्धज्योति माध्यमिक विद्यालय गढवाको २९औ वार्षिकोत्सव सम्पन्न

    मा प्रकाशित

आलोक भावुक
गढवा, १७ मंसिर ।
दाङ देउखुरीको गढवामा रहेको बुद्ध ज्योति माध्यमिक विद्यालयको २९ औ वार्षिकोत्सव आइतबार गढवामा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव राम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यता तथा वडा नम्बर ५का वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले, प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी लगायतको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले शिक्षित बर्ग बिदेश पलायन डरलाग्दो अवस्था भएको बताउदै उच्च शिक्षाको लागि स्वदेशमै वातावरण सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो। अथक प्रयासको बाबजुत पनि पछिल्लो समयका नतिजाहरु निराशा जनक आएको बताउदै गुणस्तरीय शिक्षामा जोडदिन आवश्यक रहेको बताए। गुणस्तरीय र व्यवहारिक शिक्षा दिन नसकेसम्म नतिजा सुधार नहुने बताए। वर्ममान शिक्षा नीति तथा प्रणालीमा पनि समस्या भएको बताउँदै अध्यक्ष पोख्रेलले शिक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए। वर्तमान शिक्षा प्रणालीमा सुधार नगरे भयावहको अवस्था सिर्जना हुने बताए। जीवनोपयोगी शिक्षा दिन नसकेसम्म शिक्षामा सोचेजस्तो परिवर्तन हुन नसक्ने बताए।

विद्यालयका प्रिन्सिपल बसन्तराज भट्टराईले कार्यक्रममा विद्यालयको संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अनाथ तथा द्वन्द्वपीडितबाट एक एक जना पूर्ण निशुल्क कक्षा नर्सरी देखि कक्षा १२ सम्मको पठनपाठन गराएको जानकारी दिए । साथै आंशिक निशुल्क विद्यार्थीहरु ७१ जना रहेको जानकारी गराउदै शैक्षिक जेहनदार तर्फ पूर्ण निशुल्क छात्रवृत्ति १ सय १२ जना पठनपाठन गरिरहेको जानकारी दिए। आर्थिक पक्ष चुस्त बनाउनका लागि लेखा उपसमिति समेत गठन गरेको बताए।

वार्षिकोत्सव समारोहमा नेपाल सरकारका स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा राप्ती इन्जिनियरिङ कलेजका अध्यक्ष डा. शैलेन्द्र गिरी ,प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी, गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर आले,वडा नम्बर ५ का अध्यक्ष लेख बहादुर थापा,प्याब्सन दाङका प्रमुख सल्लाहकार रेशम बहादुर बुढा, प्याब्सन दाङका सहसचिव बिकास रजौरे, प्याब्सन लमहीका अध्यक्ष नारायण भुसाल, प्याब्सन लमहीका सचिव लोकमान रिजाल, एन प्याब्सन गढवाका अध्यक्ष निर्मल रावत, प्रतिष्ठा एकेडेमी कालाकाँटेका प्रिन्सिपल दिपक पोख्रेल र शिक्षाप्रेमी समाजसेवी तेजप्रसाद न्यौपाने तथा विद्यार्थी दर्शना यादव लगायतले मन्तव्य राखेका थिए ।
विद्यालयका प्रवन्ध निर्देशक मोहन कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षिका मञ्जु पौडेलले गरेकी थिइन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्