मेट्रो कलेजको अभियान, सबै विद्यालय तहमा कानुनी साक्षरता – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

मेट्रो कलेजको अभियान, सबै विद्यालय तहमा कानुनी साक्षरता

    मा प्रकाशित

तुलसीपुर । तुलसीपुर मेट्रो कलेजले तुलसीपुरका विभिन्न विद्यालयहरुमा कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुलाई बाल अधिकार, बालविवाह, महिला हिंसा र साइबर कानूनका बारेमा जानकारी दिनका लागि यस्तो कार्यक्रम सुरुवात गरिएको कलेज प्रमुख वसन्त आचार्यले बताए ।
कलेजमा बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले एकैदिन तुलसीपुर क्षेत्रका १० वटा विद्यालयहरुमा कानूनी साक्षरता सम्बन्धि जानकारी गराएका हुन् । महिला हिँसाको १६ दिवसिय अभियानको अवसर पारेर अभियानको सुरुवात गरिएको कार्यक्रम संयोजक विजय पोख्रेलले जानकारी दिए । उनले यस्तो कार्यक्रमलाई अन्य विद्यालयहरुमा पनि विस्तार गर्दै लगिने बताए । कानूनी ज्ञान सबैका लागि अपरिहार्य भएको हुँदा हामीले सबै तहमा कार्यक्रम सञ्चालनको योजना बनाएका छौ’ संयोजक पोख्रेलले बताए ।
पहिलो चरणमा कलेजले तुलसीपुर क्षेत्रमा महेन्द्र मावि, सरस्वती मावि दमारगाउँ, मावि अश्वारा, आदर्श मावि, पशुपति मावि, अमर मावि,लक्ष्मीपुर मावि, जनजागृति मावि रनियापुर, बालमितेरी मावि भोजपुर र गुरुजजुर मावि रक्षाचौरमा यस्तो कार्यक्रम सञ्चालन गरेको कलेजले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्