दाङ, १९ मङ्सिर ।
आज मङ्गलबार देशका केही स्थानमा वर्षात रहने छ भने केही स्थानमा हिमपात हुने सम्भावना रहेकाे छ । देशका केही स्थाामा वर्षा र केही स्थानका हिमपात हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे ।
महाशाखाका अनुसार अहिले लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।
कोसी, मधेश, बागमती, लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनुका साथै बाँकी भागको मौसम सफा रहने छ ।


