तलबाट भास्सिन र माथिबाट पहिरो खस्न थालेपछि लिदि गाउँ जोखिममा – Kanika Khabar
Friday, March 28Nepali News Portal

तलबाट भास्सिन र माथिबाट पहिरो खस्न थालेपछि लिदि गाउँ जोखिममा

    मा प्रकाशित

कनिका संवाददाता
असार २७, सिन्धुपाल्चोक
अविरल वर्षाले जुगल गाउँपालिका भित्रका खोला, खोल्सीहरूमा पानीको बहाव बढिरहेको छ । नाम्फा, लिदी लगायतका बस्तीहरूमा पहिरो जान थालेको स्थानीय फूलकाजी लामाले जानकारी दिनुभयो । लिदिका १ सय ४९ घर पहिरोको उच्च जोखिममा छ । स्थानीय विष्णु लामाले बस्तीको माथिबाट पहिरो र तलबाट भास्सिन थालेपछि यो ठाउँ उच्च जोखिममा रहेको बताउनुभयो । पहिरोसँगै गाउँ बग्ने डरले स्थानीय आफैं मिलेर त्रिपाल व्यवस्थापन गरी अस्थाइ बसोबासको व्यवस्थामा जुटेका छन् । गाउँको मुनि ३६ मेगावाट क्षमताको बलेफी हाईड्रो पावरको सुरुङ खनिएकोले बस्ती भास्सिने खतरा बढेको छ । कतै गाउँ त बग्ने होइन भन्ने चिन्ताले आफूहरू निदाउन नसकेको अर्का स्थानीय निराज लामा बताउनुहुन्छ । यो आपत्कालिन अवस्थामा पहिला ज्यान जोगाउन र खोला खोल्सी किनारका बस्तीहरू, पहिरोको जोखिम रहेका क्षेत्रका बस्तीहरूमा सजगता अपनाउन जुगल गाउँपालिकाले अनुरोध गरेको छ । तर पालिकाको प्रष्ट योजना भने देखिएको छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्