स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको जित – Kanika Khabar
Monday, August 10Nepali News Portal

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको जित

    मा प्रकाशित

कनिका डेस्क
असार २७, दाङ
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले आल्भेसमाथि सहज जित निकालेको छ । गएराति रियलले घरेलु मैदानमा आल्भेसमाथि २–० को जित दर्ता गराएको हो । रियलको जितमा बेन्जिमाको प्रर्दशन उत्कृष्ट रह्यो । पेनाल्टीमा पहिलो गोल गर्नुभएका उहाँले दोस्रो गोलका लागि समेत पास उपलब्ध गराउनुभएको थियो । करिम बेन्जिमाले ११ औं मिनेटमा पेनाल्टीमा रियललाई अग्रता दिलाउनुभएको थियो । एसेन्सियोले ५० औं मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गर्नुभयो । रियल मड्रिड यस सिजनको लिग उपाधिबाट मात्र दुई जित टाढा रहेको छ । शीर्ष स्थानको रियलले ३५ खेलबाट ८० अंक जोडेको छ । उसले दोस्रो स्थानको बार्सिलोनासंग स्पष्ट ४ अंकको अग्रता लिएको छ । लिगमा तीन चरणको खेल बाँकी रहदाँ रियललाई उपाधिका लािग दुई खेलमा जित निकाले मात्र पुग्नेछ । आल्भेस ३५ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्