लमही खानेपानी संस्थाद्वारा महसुल शुल्क समायोजन – Kanika Khabar
Friday, April 26Nepali News Portal

लमही खानेपानी संस्थाद्वारा महसुल शुल्क समायोजन

    मा प्रकाशित

सरद सागर देबकोटा
असार २७, लमही ।

लमही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाले खानेपानीको खपत युनिटभन्दा बढी आएको युनिटको महसुल दरमा समायोजन गरेको छ । खानेपानीका आम उपभोक्ताहरुको गुनासो र लमही खानेपानी उपभोक्ता सस्थाको हिजो लमहीमा सम्पन्न सल्लाहकार सहितको आकस्मिक बैठकबाट संस्थाले न्युनतम ३० युनिटभन्दा बढी पानी खपत गरेका उपभोक्ताहरुले बुझाउनु पर्ने साबिकको युनिटमा महसुल शुल्कमा समायोजन गर्ने निर्णय गरेको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दन्डिराम चौधरीले जानकारी दिए ।
कोरोना भाईरसको जोखिमको कारण खानेपानी संस्थाका मिटर रिडरहरुले तिन महिना उपभोक्ताको घरघरमा गई मिटर रिडर गर्न नसकेको र एक मुष्ट बुझाउँदा खपत युनिट भन्दा बढि पानी प्रयोग भई हुन आएको महसुल शुल्क आएको दर रेटमा बुझाउँदा स्वयम उपभोक्ताहरुले गुनासो गरेपछि आम उपभोक्ताहरुको हितलाई ध्यानमा राखी संस्थाले सो निर्णय गरेको हो । लकडाउनको अबधि देखि असार महिनाभरको खपत युनिट बाहेकको बढि हुन आउने महसुल शुल्क ३० कायम राखेको र यस लकडाउनको अबधिभर पानी महसुल बुझाउँदा छुट नपाएका र खपत भन्दा बढि भएको पानीको प्रतियुनिट ५५ र ४५ को दरले शुलक बुझाएका उपभोक्ताहरुले आफ्नो बढी भएको रुपैया फिर्ता वा खानेपानीको आगामी महसुल बुझाउँदा मिलान गर्न सक्ने दुबै ब्यबस्था गरिएको लमही खानेपानीका सचिव सनम कुमार पौडेलले जानकारी दिए । संस्थाका अध्यक्ष दन्डिराम चौधरीको अध्यक्षतामा बसेको खानेपानीको आकस्मिक बैठकमा सल्लाहकारहरु कर्ण बहादुर बुढाथोकी, काशिराम डाँगी , जोगराज चौधरी लगाएतको सहभागिता थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्