प्याब्सन तुलसीपुरको साधारणसभा सम्पन्न – Kanika Khabar
Sunday, October 5Nepali News Portal

प्याब्सन तुलसीपुरको साधारणसभा सम्पन्न

    मा प्रकाशित

No description available.दाङ, २० मङ्सिर ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तुलसीपुर नगर कमिटीको पाँचौ साधारणसभा आज बुधबार सम्पन्न भएको छ । दाङको तुलसीपुरमा एक कार्यक्रमका बिच प्याब्सन तुलसीपुर नगर कमिटीको पाँचौ साधारणसभा सम्पन्न भएको हो ।

प्याब्सन तुलसीपुर नगर कमिटीका अध्यक्ष गिरीराज डाँगीका अध्यक्षता तथा प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि तथा प्याब्सन लुम्बिनी प्रदेशका सदस्य बासुदेव रिजाल, प्याब्सन दाङका उपाध्यक्ष विजयमान जि. एम. लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सचिव बिष्णु योगीले साङ्गठनिक प्रतिवेदन तथा कोषाध्यक्ष केशकुमार खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कमिटीका उपाध्यक्ष डम्बर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव बिष्णु योगीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्