महिनावारी सचेतना लिएर आए प्रकाश – Kanika Khabar
Friday, May 3Nepali News Portal

महिनावारी सचेतना लिएर आए प्रकाश

    मा प्रकाशित

दाङ, २३ मङ्सिर ।
नेपाली गीत संगीतमा एउटा पृथक् ब्राण्ड बनाएका प्रकाश सपुत महिनावारीसम्बन्धी सचेतना लिएर आएका छन् । हिजो शुक्रबार ‘खुलेर कुरा गरौँ ’ शीर्षकको गीत सार्वजनिक गर्दै प्रकाशले महिनावारीसम्बन्धी सचेतना जगाउने प्रयास गरेका हुन् ।

महिनावारीका समयमा महिलाले भोग्नु परेका पीडा, कष्टलाई एकातिर देखाइएको छ भने अर्कोतिर महिनावारीप्रति सामाजिक अन्धविश्वासलाई प्रस्तुत गरिएको छ । महिनावारी महिलाहरुको नियमित प्राकृतिक प्रक्रिया भए पनि नेपाली समाजमा यस समयमा महिलाहरुलाई दोस्रो दर्जाको मानिसको रुपमा हेर्ने प्रचलन रहेको छ । शैक्षिक जागरणसँगै महिनावारीका सम्बन्धमा केही परिवर्तन भए पनि सामाजिक अन्धविश्वास अझै कायम रहेको छ । गीतमा समाजमा व्याप्त महिनावारी सम्बन्धी सङ्कीर्ण बुझाईलाई प्रस्तुत गर्दै परिवर्तनका लागि पहल गरिएको गरिएको छ ।

प्रकाश सपुत र डिबी खड्काको शब्दमा प्रकाश सपुतले संगीत भरेका छन् । प्रकाश सपुत, तुलसी बोहरा, रेखा जोशी र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको गीतको भिडियो सुनिल बिकले गरेका छन् । भिडियो कास्टमा प्रकाशलाई केकी अधिकारी र सेबिता अधिकारीले साथ दिएकी छिन् ।

प्रकाशको एउटा गीत सार्वजनिक भएपछि दर्शक श्रोता अब अर्को गीत कस्तो आउला भनेर सोच्न बाध्य भएका हुन्छन् । दर्शक श्रोताको यो कौतुहलतालाई मेटाउन र अर्को कौतुहलता जगाउन प्रकाशको सांगीतिक उपहार बजारमा सार्वजनिक भएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिवसीय अवसरमा पारेर प्रकाशले महनिवारीका नाममा महिलामाथि हुने मानसिक हिंसात्मक व्यवहारको गीत सार्वजनिक गरेका छन् ।

महिनावारी सचेतनाको लागि राष्ट्रिय महिनावारी सञ्जालको सहकार्यमा केकी अधिकारी फिल्मस र आरएन प्रोडक्सनले गीत तथा भिडियो उत्पादन गरेको हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्