विपद् व्यवस्थापन गर्न सरकारलाई काङ्ग्रेस सभापति देउवाको आग्रह – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

विपद् व्यवस्थापन गर्न सरकारलाई काङ्ग्रेस सभापति देउवाको आग्रह

    मा प्रकाशित

कनिका खबर
असार २७, दाङ ।
नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि तराईदेखि पहाडसम्म बर्खामा विपदका घटना हुने भएकाले अधिक सतर्ककताका साथ काम गर्न सरकारलाई आग्रह गरेका छन् । उनले उद्धार, राहत तथा जोखिम न्यूनिकरणको प्रयासमा आफूहरुको पूर्ण साथ रहने बताए । यस्तै उनले कुनै पनि अवस्थामा उद्धार तथा राहतको प्रयासमा स्रोतको कमी हुने अवस्था सिर्जना नगर्न तर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा काङ्ग्रेस सभापति देउवाले यस्तो बताएका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्