दाङमा तीन दिनमा ६ सवारी दुर्घना, ९ घाइते, १ जनाको मृत्यु – Kanika Khabar
Sunday, October 5Nepali News Portal

दाङमा तीन दिनमा ६ सवारी दुर्घना, ९ घाइते, १ जनाको मृत्यु

    मा प्रकाशित

दाङ, २६ मङ्सिर ।
दाङमा बितेका तीन दिनमा ६ वटा सवारी दुर्घटना भएका छन् । जिल्लाका विभिन्न स्थानमा यही मङ्सिर २४, २५ र २६ गतेमा ६ वटा सवारी दुर्घटना भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार तीन दिनमा ६ वटा सवारी दुर्घटना भएका छन् । २४ गते जिल्लाको खिलतपुर र कमिरे चौरमा गरी दुई वटा सवारी दुर्घटना भएका छन् । त्यस्तै २५ गते दमारगाउँ, पर्सेनी र रामपुर गरी तीनवटा सवारी दुर्घटना भएका छन् । २६ गते मसोटमा सवारी दुर्घटना भएको छ ।

तीन दिनमा भएका सवारी दुर्घटनामा परी ९ जना घाइते भएका छन् । घाइतेमध्ये चारजना डिस्चार्ज भइसकेका छन् भने पाँचजनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनकबहादुर मल्लले जानकारी दिएका छन् । आज मङगलबार भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

No description available.

No description available.

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्