मेट्रो कलेजका विद्यार्थी र पहिलो महिला प्रधानन्यायाधीशसँग अन्तर्क्रिया – Kanika Khabar
Sunday, October 5Nepali News Portal

मेट्रो कलेजका विद्यार्थी र पहिलो महिला प्रधानन्यायाधीशसँग अन्तर्क्रिया

    मा प्रकाशित

तुलसीपुर । तुलसीपुर मेट्रो कलेजले पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीसँग अन्तर्क्रिया गर्ने भएको छ । कानून संकायमा स्नातक तह बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कलेजले यस्तो कार्यक्रम गर्न लागेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिए ।

“कानूनका विद्यार्थीहरुलाई लक्षित गरेर उत्प्रेरित गर्नका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको हो ” कलेज प्रमुख आचार्यले बताए । उनले नीति र नेतृत्व विषयमा पुस १ र २ गते अन्तर्क्रिया हुन लागेको पनि जानकारी दिए । यसैगरी जनप्रतिनिधिहरुलाई लक्षित गरेर स्थानीय सरकार र सुशासन विषयमा पनि अन्तर्क्रिया गर्न लागिएको कार्यक्रम संयोजक विजय पोख्रेलले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिकाको सभाहलमा हुने कार्यक्रममा पत्रकार हरिबहादुर थापाले स्थानीय सरकार र सुशासन विषयमा प्रशिक्षण दिने कार्यक्रम समेत रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्