भूकम्पपछि जाजरकोट : चिसोका कारण मृत्यु हुनेको सङ्ख्या २९ – Kanika Khabar
Sunday, October 5Nepali News Portal

भूकम्पपछि जाजरकोट : चिसोका कारण मृत्यु हुनेको सङ्ख्या २९

    मा प्रकाशित

जाजरकोट, २७ मङ्सिर ।
गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पछि जाजरकोटमा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । गत बिहीबार जिल्लाको छेडागाड नगरपालिकामा त्रिपालमुनि बस्दै आएकी थप एक महिलाको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या २९ पुगेको हो ।

छेडागाड नगरपालिका–११ झाप्राका ५८ वर्षीया कलशी उपाध्यायको चिसोका कारण मंसिर २५ गते मृत्यु भएको नगरपालिका उपप्रमुख चन्द्र थापाले बताए। यससँगै मृृत्यु हुनेको संख्या २९ पुगेको छ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले धेरैलाई घरबारविहीन बनाएको छ। केही घर पूर्णरुपमा भत्किएका छन् भने अधिकांश घर चर्किएका छन्। घर चर्किएपछि खुला आकाशमुनि रात बिताउनुपर्ने बाध्यता छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्