कालाकाँटे गढवा सडक : म्याद सकिएपछि काम सुरु – Kanika Khabar
Sunday, October 5Nepali News Portal

कालाकाँटे गढवा सडक : म्याद सकिएपछि काम सुरु

    मा प्रकाशित

दाङ, २७ मङ्सिर ।
चार वर्षसम्म एक तिहाई मात्रै काम भएको कालाकाटे गढवा सडक कालोपत्रेको काम थपिएको म्याद पनि सकिएपछि सुरु भएको छ । ठेक्का सम्झौताको म्याद र थप भएको झण्डै आठ महिनाको म्याद पनि गुज्रेपछि गढवा बजारमा सडक कालोपत्रेको काम सुरु भएको हो ।

६५ करोडको लागतमा २०७६ कार्तिक २९ मा बज्रगुरू कान्छाराम जेभीसँग हुलाकी राजमार्ग आयोजना कार्यालयले बनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको थियो ।

तोकिएको समयमा काम नभएपछि २०७९ मंसिर अन्त्यतिर म्याद थपेर २०८० साउन १० सम्म कायम गराउँदा पनि काम नभएको सडकको काम यही मंसिर २२ गतेदेखि शुरु भएको हो । बितेको चार वर्षको अवधिमा जम्मा डेढ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ ।

अहिलेसम्म कालाकाटेदेखि–गढवा सडकखण्डको बनघुस्रीदेखि गढवासम्मको २० किमी सडकको कामको भौतिक प्रगति ३५ प्रतिशत मात्रै भएको छ भने वित्तीय प्रगति ३२ प्रतिशत रहेको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगञ्जका इन्जिनियर श्रवणकुमार महतराले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्