बारामा गोली चल्यो, एक जना घाइते – Kanika Khabar
Sunday, October 5Nepali News Portal

बारामा गोली चल्यो, एक जना घाइते

    मा प्रकाशित

बारा, २७ मङ्सिर ।
बारामा शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको आन्दोलन चर्किदै जाँदा गोली चलेको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । जिल्लाको सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली चलाउँदा एक जना घाइते भएका हुन् । घाइतेको नाम अझै खुलेको छैन ।

आज बुधवार प्रशासकीय अधिकृत महेश मिश्र नगर प्रमुखको गाडी चढेर कार्यालय जाने क्रममा आन्दोलनकारीले गाडीमा ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारपछि आन्दोलनकारीहरूले गाडी जलाउने तथा नगरपालिकाको कार्यालयमा समेत ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको बाराका प्रहरीले बताएको छ । प्रहरीका अनुसार झडपमा १० जना प्रहरी घाइते भएका छन् ।

सिम्रौनगढ नगरपालिनगरपालिकामा कानुनी रूपमा नगरसभा सम्पन्न हुन सकेको छैन भने नगरपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले ४ देखि १४ महिनाको सेवा सुविधा पाएका छैनन् । उनीहरु दुई महिनादेखि सेवा सुविधाको माग गर्दै नगरपालिकाको मूलगेटमा धर्ना बस्दै आएका छन् ।काका मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा एक समूहले हाजिर गर्न अवरोध गरेपछि विवाद भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्