बारा गोली अपडेट : गोली लागि घाइते भएका एक जनाको मृत्यु – Kanika Khabar
Sunday, October 5Nepali News Portal

बारा गोली अपडेट : गोली लागि घाइते भएका एक जनाको मृत्यु

    मा प्रकाशित

बारा, २७ मङ्सिर ।
बारामा शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको आन्दोलन चर्किदै जाँदा प्रहरीले चलाएको गोलीबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । जिल्लाको सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा भीडलाई नियन्त्रणमा लिन प्रहरीको गोली चलाएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्लेका दिएकोृ जानकारी अनुसार गोली लागि गम्भीर घाइतेलाई उपचारका लगिएको थियो । उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएकोमा घाइतेलाई चिकित्सकले मृत घोषणा गरेको एसपी काफ्लेले जानकारी दिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा टाउकोमा गोली लागेका सिम्रौनगढ-१ ननसगराढाँटका २५ वर्षीय लक्ष्मी मुखिया बिनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्