कनिका खबर
असार २७, चितवन ।
सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टी फुट हुनबाट बचाएको बताएका छन् । उनले भने, ‘ पार्टी एकतालाई जोगाउन मैले संघर्ष गरिरहेको छु ।’
आज शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूको अवलोकनपछि माडीमा आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डलेृ यस्तो बताएका हुन् ।
कोरोनाको प्रभाव र असर देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको दावी गर्दै उनले भने, ‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन् । तर हामी सँधैं एक छौं ।’