युक्रेनी जेलमा चार नेपाली – Kanika Khabar
Sunday, October 5Nepali News Portal

युक्रेनी जेलमा चार नेपाली

    मा प्रकाशित

काठमाडौँ, ४ पौष ।
युक्रेनीको जेलमा चार नेपाली रहेको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयले आज बुधबार विज्ञप्ति जारी गरी युक्रेनमा चार जना नेपाली बन्दी अवस्थामा रहेको बताएको छ ।

युक्रेनी जेलमा रहनेमा बर्दियाको राजापुर गाउँपालिका–१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका–२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका–८ का प्रतीक पुन रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारले युक्रेनमा बन्दी बनाइएका यी चार जना नेपालीलाई फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरेको छ ।

रुसी सेनामा कार्यरत मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्