अप्टिमिष्ट क्लव अफ दाङले अभिभावकसँग अन्तरक्रिया – Kanika Khabar
Monday, May 20Nepali News Portal

अप्टिमिष्ट क्लव अफ दाङले अभिभावकसँग अन्तरक्रिया

    मा प्रकाशित

दाङ, ७ पुस ।
अप्टिमिष्ट क्लव अफ दाङले अभिभावकसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । क्लवले आज शनिबार तुलसीपुर ३ दमारगाँउमा रहेको श्री सरस्वती माद्यामिक विद्यालयमा अभिभावकसंग अटिमिष्ट कार्यक्रम अन्तर्गत ‘असल अभिभावक बन्ने कला’ भन्ने विषयमा प्रशिक्षण कार्यक्रम गरेको हो ।

अप्टिमिष्ट क्लव अफ दाङका अध्यक्ष डि.आर.भण्डारीको अध्यक्षता तथा वडा नम्बर ३ का अध्यक्ष बिर बहादुर विकको प्रमुख आतिथ्यता तथा सरस्वती माद्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तर्ण बहादुर खड्का (राजन) को विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

वडा नम्बर ३ का अध्यक्ष विकले अभिभावलाई सचेत गराउने कार्यक्रम विद्यालयमा मात्रै नभएर प्रत्येक टोलटोलमा आवश्यक रहेको बताउदै यस्तो कार्यक्रमलाई वडा वडामा लैजान जे गर्नु पर्छ त्यसमा आफूले क्लबलाई पूर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले अभिभावक असल भएमात्रै छोराछोरीलाई असल शिक्षा दिन सक्ने हुँदा अभिभावकको लागि यस्तो कार्यक्रमलाई अगाडि बढाउन जहिले पनि सकारात्मक रहेको र वडाको तर्फबाट हुन सक्ने जुनसुकै सहयोग गर्न पछि नपर्ने प्रतिबद्धता जनाउनुभयो ।

सरस्वती माद्यामिक विद्यालयका प्रधानाध्यापक जंगबिर केसीले आजको सिकाई प्रत्येक अभिभावकले व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुुभयो । शिक्षकहरुमा असल गुन भएजस्तै प्रत्येक अभिभावकमा असल अभिभावकको गुण हुनुपर्ने बताउनुभयो । उहाँले विद्यालयले पनि प्रत्येक बालबालिकाको अभिभावकलाई यस्तो खालको कुरा सिकाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा सरस्वति माविका सहायक प्रधानाध्यापक भारति खरेल, मावि इन्चार्ज निमकान्त रेग्मि, वडा नागरिक मञ्चका संयोजक मंगल बिक, नमूना सामुदायिक वनका अध्यक्ष हुम बहादुर बिक लगाएतकाले बोल्नुभएको हो ।

कार्यक्रममा क्लवका अध्यक्ष डिआर भण्डारीले सहभागिहरुलाई असल अभिभावक कसरी बन्ने भन्ने बारेमा प्रशिक्षण गर्नु भएको हो । क्लवका तालिम निर्देशक नारायण लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कल्बका कोषाध्यक्ष प्रभात कुमार धितालले गर्नुभएको हो ।

अन्तरक्रिया कार्यक्रममा क्लवका डाइरेक्टर सेफ सिद्धिकी, सदस्य घनश्याम वली, सजल सोनी, भुवन भण्डारी लगाएत तीन सय बढी अभिभावहरुको सहभागिता रहेको क्लवका सदस्य घनश्याम वलीले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्