यातायात सञ्चालन गर्ने विषयमा छलफल गर्न कार्यदल – Kanika Khabar
Monday, March 17Nepali News Portal

यातायात सञ्चालन गर्ने विषयमा छलफल गर्न कार्यदल

    मा प्रकाशित

कनिका खबर
असार २७, दाङ ।
सरकारले छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै यातायात व्यवसायीहरुले कार्यदल गठन गरेका छन् । सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरकारसँग वार्ता गर्न यातायात व्यवसायी र मजदूर सम्मिलित कार्यदल गठन भएको हो ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको पहलमा शनिबार बसेको यातायात व्यवसायी र मजदूर संगठनहरुको संयुक्त बैठकले यातायात सञ्चालनका विषयमा छलफल गर्न कार्यदल गठन गरिएको हो ।

कार्यदलमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य तथा मजदूर संगठनहरुकोतर्फबाट नेपाल यातायात मजदूर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदूर संघका अध्यक्ष दीपक केसी तथा तथा नेपाल यातायात स्वतन्त्र मजदूर संघका अध्यक्ष भीमज्वाला राई रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्