राप्ती इञ्जिनियरिङमा समूह थपको अनुमति – Kanika Khabar
Monday, May 20Nepali News Portal

राप्ती इञ्जिनियरिङमा समूह थपको अनुमति

    मा प्रकाशित

दाङ, ९ पाैष ।
घोराही उपमहानगरपालिका वडा नं. १६ मा रहेको राप्ती इञ्जिनियरिङ कलेजले विषय थपको अनुमति पाएको छ ।

पोखरा विश्व विद्यालय अन्तरगत कम्प्युटर इञ्जिनियरिङ लगायत विभिन्न विषयहरु अध्यापन गराइरहेको राप्ती इञ्जिनियरिङले वि इ सिभिल तर्फ समूह थपको अनुमति पाएको हो ।

पोखरा विश्व विद्यालयबाट सम्वन्धन प्राप्त राप्ती इञ्जिनियरिङ कलेजले व्याचलर अफ् सिभिल इञ्जिनियरिङ तर्फ वि इ सिभिलको समुह थपको अनुमती पाएको हो । कलेजले समूह थपको लागि दिएको निवेदन अनुसार पोखरा विश्वविद्यालय क्याम्पस (महाविद्यालय)/ शिक्षण संस्थाको सम्बन्धन सम्बन्धी नियमावली २०५६ र सो सम्बन्धी कार्यविधि २०६६ ले व्यवस्था गरेका सबै प्रक्रिया सम्पन्न भएकोले विश्वविद्यालयको कार्यकारी परिषद्ले निर्णय अनुसार राप्ती इञ्जिनियरिङ कलेजलाई BE Civli  कार्यक्रममा एक समूह (४८ जना ) थप विद्यार्थी भर्ना लिने गरि सम्बन्धन दिईएको छ ।

गएको मंसिर २२ गतेका दिन भएको निर्णय अनुसार विइ सिभिलमा यस अघि ४८ जनाको मात्रै क्षमता रहेकोमा अव सो संख्या ९६ पुगेको छ । विश्व विद्यालयका रजिष्टार शिव मंगल गिरीका अनुसार बि.ई. सिभिलमा साविकको ४८ जना विद्यार्थी भर्ना क्षमतामा ४८ जना थप गरी ९६ जना पु¥याउन र परिषद्को ऐन, २०५५ (पहिलो संसोधन २०७९ सहित) को दफा २१क (३) तथा इन्जिनियरिङ्ग शिक्षण संस्थालाई मान्यता प्रदान गर्ने विनियमावली, २०६६ (चौथो संसोधन, २०७० सहित) को विनियम ३.३ (२) अनुसार वि.इ.कम्प्युटर विषयमा ४८ जना विद्यार्थी भर्ना क्षमता सहित नयाँ थप कार्यक्रम संचालन गर्न स्वीकृति प्रदान गरिएको छ ।

योजना तथा कार्यक्रम महाशाखाका प्रमुख प्रा.डा. दीपक राज पौडेलले राप्ती इञ्जिनियरिङ कलेजलाई थप भर्ना लिने गरी सम्वन्धन दिइएको जानकारी दिनुभयो । सो को जानकारी डीनको कार्यालय, विज्ञान तथा प्रविधि संकाय, पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, पोखरा विश्वविद्यालय, लेखा शाखा, पोखरा विश्वविद्यालय, छात्रवृत्ति शाखा, पोखरा विश्वविद्यालय र सूचना शाखा, पोखरा विश्वविद्यालयलाई गराइसकिएको पौडेलले जानकारी दिनुभयो ।
यसैगरी कलेजले व्याचलर अफ् कम्प्युटर इञ्जिनियरिङ कार्यक्रम थपका लागि अनुमति पाएको छ । कलेजले दिएको निवेदनमा आवश्यक छानविन गरी पोखरा विश्वविद्यालय क्याम्पस (महाविद्यालय)/शिक्षण संस्थाको सम्बन्धन सम्बन्धी नियमावली २०५६ र सो सम्बन्धी कार्यविधि २०६६ से व्यवस्था गरेका सबै प्रक्रिया सम्पन्न भएकाले विश्वविद्यालयको कार्यकारी परिषदले वि इ कम्प्यटुर कार्यक्रममा एक समूह (४८ जना विद्यार्थी भर्ना लिने गरि सम्बन्धन दिईएको छ । योजना महाशाखा प्रमुख पौडेलले कलेजलाई सो सम्वन्धी जानकारी गराएको कलेजका प्रवन्ध निर्देशक डा. भिमसेन गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार सम्वन्धन संगै कलेज विद्यार्थी भर्नाको चरणमा रहेको छ ।
२०६४ सालमा स्थापना भएको राप्ती इञ्जिनियरिङ कलेजले गुणस्तरिय प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको छ । गुणस्तरीय उच्च शिक्षाको बढ्दो आवश्यकतालाई पूरा गर्न समर्पित, प्राविधिक, शैक्षिक ईन्जिनियरिङ् र आईटी पेशेवरहरूको समूहद्वारा २०६४ सालमा स्थापना भएको थियो । यसले २०६६ देखि ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए), सिभिल इन्जिनियरिङमा स्नातक र इलेक्ट्रोनिक्स तथा कम्युनिकेसनको स्नातक २०६७ देखि सञ्चालन गर्दै आएको छ ।
कलेजमा सिभिल इन्जिनियरिङको स्नातक, इलेक्ट्रोनिक्स र संचार को स्नातक, ब्याचलर अफ कम्प्युटर एप्लिकेसन, कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा (कम्प्युटर ओभरसियर), सर्वेक्षण इन्जिनियरिङ, सिभिल इन्जिनियरिङमा टि एस इइ र इलेक्ट्रिकल इन्जिनियरिङमा टि एस इई तहका कार्यक्रम संचालन गरिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्