राजसंस्था पुनःस्थापनाको माग गर्दै शिवसेना सडकमा – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

राजसंस्था पुनःस्थापनाको माग गर्दै शिवसेना सडकमा

    मा प्रकाशित

कनिका खबर
असार २७, कपिलवस्तु ।
राजसंस्था पुनःस्थापनाको माग गर्दै शिवसेना नेपाल राँके जुलुससहित सडकमा उत्रिएको छ । सीमा सुरक्षा तथा राजसंस्था पुनःस्थापनाको माग राख्दै शिवसेना नेपालले शनिबार साँझ कपिलवस्तुमा राँके जुलुस प्रदर्शन गरेको हो ।

शिवसेना नेपालका केन्द्रीय सदस्य अनिल जसवाल, कपिलवस्तु जिल्ला अध्यक्ष भिस्म ढुंगाना र नगर अध्यक्ष सन्तोष गुप्ताको नेतृत्वमा युवाहरुले राँके जुलुस प्रदर्शन गरेका हुन् ।
उनीहरुले गणतन्त्र विरोधी नारा लगाउँदै राजसंस्था पुनःस्थापनाको माग गरेका थिए । नेपालको अतिक्रमित भूमि एक इन्च पनि नछोड्ने नारा लगाउँदै शिव सेना नेपालका कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका थिए । राँके जुलुस प्रदर्शनमा बुद्धिजीवी, उद्योगी(व्यवसायी लगायत स्थानीय युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्