शरद सागर देवकोटा
असार २८,लमही ।
देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ मा रहेको जमुनिवासको पुल सहीत बस्तिनै जोखिममा रहेको स्थानीयले बताएका छन । पुलमुनि नदीजन्य पदार्थ थुप्रिएपछि पुल जोखिममा परेको हो ।
बर्खायाममा आउने भलले गर्दा जमुनिवास पुलसँगै जमुनिवास गाउँ समेत जोखिममा परेको स्थानीय दिपक बहादुर बुढाले बताए । नदी र पुलमुनि रहेको नदिजन्य पदार्थको व्यवस्थापन नगरे ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ । साथै बर्खायाममा आएको भेलले गर्दा जमुनिवासका २० घर उच्च जोखिममा रहेको छ ।
लाखौ बजेट लगाएर बनाइएको तटबन्ध खोलाले बगाएपछि चारैतिरबाट खोलाले जग्गा कटान गरेपछि जमुनिवासको बस्ती जोखिममा परेको हो । देउखुरीमा खहरे खोलाले प्रत्येक वर्ष विभिन्न स्थानमा जमिनहरू काट्दै आएको छ ।