मेधावी छात्रा प्रतियोगिता आज – Kanika Khabar
Monday, May 20Nepali News Portal

मेधावी छात्रा प्रतियोगिता आज

    मा प्रकाशित

दाङ, १४ पुस ।

मेधावी छात्रा प्रतियोगिता २०८० हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) दाङ र एपेक्स कम्प्युटर घोराही दाङको संयुक्त आयोजना तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पार्टनरमा प्रत्येक वर्ष हुने प्रतियोगिता यस वर्ष पुसको १४ गते शनिवार हुन लागेको हो ।

प्रतियोगितामा जिल्लाका निजी विद्यालयहरूमा अध्ययनरत छात्राहरूको सहभागिता हुने गर्दछन् । शनिवार तुलसीपुरमा रहेको गोरखा मावि तुलसीपुरमा हुने आयोजक एपेक्स कम्प्युटर घोराहीका सञ्चालक धर्म केसीले जानकारी दिए । उनका अनुसार गत वर्ष मेधावी छात्रा प्रतियोगितामा गोरखा मावि तुलसीपुरले जितेको हुँदा यस वर्षको प्रतियोगिता सोही विद्यालयमा हुन लागेको हो । २०६३ सालदेखि हुँदै आएको मेधावी छात्रा प्रतियोगितामा सहभागिताका लागि प्याब्सन दाङ र एपेक्स कम्प्युटर घोराहीले सम्पूर्ण विद्यालयलाई अनुरोध गरेका छन् । मेधावी छात्राका लागि कक्षा १० मा अध्ययनरत छात्राहरूलाई १०० पूर्णाङ्कको वस्तुगत लिखित परीक्षा लिइन्छ । अंग्रेजी ३३, गणित ३४ र विज्ञानबाट ३३ अङ्कभारका प्रश्न सोध्ने गरिन्छ । परीक्षामा सबैभन्दा बढी अङ्क ल्याउने छात्रालाई मेधावी छात्रा घोषणा गरिन्छ ।

प्रतियोगितामा उत्कृष्ट १० जना विद्यार्थीलाई पनि पुरस्कृत गरिँदै आएको आयोजक एपेक्स कम्प्युटरका सञ्चालक केसीले जानकारी दिए । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) दाङ र एपेक्स कम्प्युटर घोराही दाङको संयुक्त आयोजना तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पार्टनरमा प्रत्येक वर्ष हुने प्रतियोगिता अन्तर्गत पहिलो वर्ष २०६३ सालमा तुलसी आमाविकी अल्का मजगैयाँ, २०६४ मा तुलसीकै बिनिता रेग्मी, २०६५ मा जनज्योति विद्यामन्दिर घोराहीकी निर्मला बुढा मगर, २०६६ मा शान्तिसुधा आमावि घोराहीकी दीपसना बिसी, २०६७ मा हिमाल एकेडेमी तुलसीपुरकी शिक्षा धिताल मेधावी छात्रा भएकी थिइन् ।

यसैगरी २०६८ सालमा शान्तिसुधा आमाविकी समीक्षा मिश्र, २०६९ सालमा जनज्योति विद्यामन्दिर घोराहीकी शिल्पासिंह थापा, २०७० सालमा जनज्योतिकै प्रिया श्रेष्ठ, २०७१ सालमा तुलसी आमाविकी क्रिष्टिना डाँगी, २०७२ सालमा पशुपति विद्याश्रम नारायणपुरकी अनुशा अधिकारी, २०७३ सालमा तुलसी आमाविकी सृष्टि न्यौपाने, २०७४ सालमा हिमाल एकेडेमी तुलसीपुरकी अधिश्री आचार्य, २०७५ गोरखा मावि तुलसीपुरकी कुसुम शर्मा, २०७६ सालमा तुलसी आमाविकी श्रेया गिरी, २०७७ सालमा तुलसी आमाविकी विविज्ञा बस्नेत, २०७८ मा तुलसी आनाविकी सुगारिका लामिछाने र २०७९ मा गोरखा मावि तुलसीपुरकी छात्रा बिसीका पन्तले उपाधि जितेकी थिइन् ।

एपेक्स कम्प्युटरले सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्राहरूको सहभागितामा पनि एपेक्स सामुदायिक मेधावी छात्रा प्रतियोगिता’ विगत ८ वर्षदेखि सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि आगामी माघ महिनाको १४ गते ‘एपेक्स सामुदायिक मेधावी छात्रा प्रतियोगिता’ गर्ने तयारी गरिएको आयोजक एपेक्स कम्प्युटर घोराहीका सञ्चालक केसीले जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्