अविरल वर्षाले बाढी पहिरोको जोखिम बढ्दै, तीन दिनमा ५५ को मृत्यु, ३१ जना बेपत्ता – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

अविरल वर्षाले बाढी पहिरोको जोखिम बढ्दै, तीन दिनमा ५५ को मृत्यु, ३१ जना बेपत्ता

    मा प्रकाशित

कनिका खबर
असार २८, दाङ ।
विगत केही दिनदेखिको अविरल वर्षाका कारण बाढी पहिरोको जोखिम बढ्दै गएको छ । बाढी पहिरोका कारण जनधनको क्षति पनि त्यतिकै भएको छ ।
अविरल वर्षापछि झरेको पहिरो, बाढी र डुवानमा परी बितेको ३ दिनमा मुलुकका विभिन्न स्थानमा गरी ५५ जनाको मृत्यु भएको छ । म्याग्दी, सिन्धुपाल्चोक, जाजरकोट लगायतका जिल्लामा प्राकृतिक विपत्तिका कारण सबैभन्दा धेरै जनधनको क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।
सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३७ जनाको मृत्यु भएको छ । म्याग्दीमा २७, कास्कीमा ७, लम्जुङमा तीन जनाको मृत्यु भएको छ । ती सबै ठाउँमा झण्डै हजार जना विस्थापित भएका छन् ।
कर्णाली प्रदेशमा १२ जनाको मृत्यु भएको छ । बाग्मती प्रदेशमा तीनजनाको मृत्यु भएको छ, २० जना अझै वेपत्ता छन् । वेपत्ताको खोजी भइरहेको छ । तराईका जिल्लामा बाढी बस्तीमा पस्न थालेको छ । दर्जनौँ गाउँ डुवानको जोखिममा परेका छन् भने कयौँ बस्ति डुबिसकेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्