संस्थागत विद्यालयहरूले नै देशकाे शैक्षिक इज्जत धानेका छन् : सभामुख घर्ती – Kanika Khabar
Monday, May 20Nepali News Portal

संस्थागत विद्यालयहरूले नै देशकाे शैक्षिक इज्जत धानेका छन् : सभामुख घर्ती

    मा प्रकाशित

दाङ,१६ पुस ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संस्थागत विद्यालयहरूले नै देशकाे शैक्षिक इज्जत धानेकाे बताएका छन् ।

दाङकाे गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलले २६ ओैँ वार्षिकोत्सवलाई सम्बाेधन गर्दै सभामुख घर्तीले संस्थागत विद्यालयहरूले नै देशकाे शैक्षिक इज्जत धानेकाे बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सभामुख घर्तीले संस्थागत विद्यालयप्रति राज्यकाे नीति उदार हुनुपर्नेमा जाेड दिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै सभामुख घर्तीले विद्यालयले २६ वर्षको अवधिमा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएकाे बताएका थिए । लाहुरेहरुले सञ्चालन गरेको विद्यालयले प्राथमिक तहदेखि उच्च शिक्षासम्म बालबालिकालाई गुणस्तरीयसँगै विश्व बजारमा बिक्ने शिक्षा दिएको भन्दै सहभागी वक्ताहरुले आगामी दिनहरुमा थप सुधार गर्दै प्रविधिमैत्रीसँगै विद्यार्थीलाई नैतिक,सामाजिक र चरित्र निर्माणका लागि समेत ध्यानदिनुपर्ने बताएका थिए ।

दाङकाे घोराही उपमहानगरपालिका–१४ रब्बेस्थित गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलले २६ वर्ष प्रवेश गरेको अवसरमा आज साेमबार एक कार्यक्रमको आयोजना गरेर २६ ओैँ वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रमका विशिष्ट अतिथि तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन)का केन्द्रीय सचिव यादव गिरीले ठुलो योगदान,उपलब्धि दिँदा पनि राज्यले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण सही हुन नसकेको बताए । निजी क्षेत्रले शैक्षिक विकास, दक्ष जनशक्ति उत्पादनसँगै रोजगारीका अवसर सिर्जनाका लागि महत्वपूर्ण भूमिका खेले पनि राज्यले निजी क्षेत्रको योगदानलाई मूल्याङ्कन नगरेको बताएका हुन ।
बालबालिकालाई शैक्षिक ज्ञानसगै नैतिक,सामाजिक,चारित्रिक र स्वाभिमान युक्त शिक्षा आवश्यक रहेको बताए । विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि गोरखा स्कुलले वार्षिक उत्सवका अवसरमा प्रदर्शन गरेको व्यवहारले उत्कृष्टता प्रदर्शन गरिरहेको भन्दै उनले शिक्षाको विकासका लागि जिल्लामा ठुलो काम गरेको बताए ।

कार्यक्रममा गोरखा ग्रपका सिइओ नौलसिंह जिएमले गुणस्तरीय एवम् समय सुहाउँदो शिक्षा दिइरहेको भन्दै थप गुणस्तर सुधार गर्दै विश्व बजारमा बिक्ने शिक्षाका लागि प्रयास गर्ने बताए । पछिल्लो पाठ्यक्रमले गरेर सिक्ने प्रणालीलाई प्राथमिकता दिएकाे बताउँदै सिइओ जिएमले परम्परागत सिकाइकाे प्रणालीलाई बदल्न आवश्यक रहेकाे बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले विद्यालयले पाठ्यक्रमसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापका माध्यममा सहभागी बनाएर विश्व बजारमा बिक्न सक्ने योग्य र दक्ष विद्यार्थी उत्पादन गर्नुपर्नेमा जाेड दिएका थिए ।

कार्यक्रममा लागुऔषध दुर्व्यसनी र यसवाट बचाउने उपायका बारेमा गाेरखा आइडियल राप्तीका प्रिन्सिपल बसन्त पुनमगरले जानकारी गराएका थिए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बाेर्ड सानाे ठिमी भक्तपुरका सूचना अधिकारी नारायण पाैडेल, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, मनाेसामाजिक विमर्शकर्ता पुरूषाेत्तम गाैतम, घाेराही उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष भानसिं बुढा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले गीत तथा विभिन्न जातजातिसँग सम्वन्धित नृत्य, विज्ञान तथा सिर्जनात्मक कला प्रदर्शन गरिएका थिए ।

गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराहीका विद्यालय व्यवस्थापन समितका अध्यक्ष विष्णुप्रसाद घर्ती मगरकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

विद्यालयका प्रिन्सिपल मानसिङ घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षकद्वय थम्मन बस्नेत र शोभाकर पन्थीले गरेका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्